चितवन– विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा बिरामीको उपचारका लागि चिनबाट विशेषज्ञ डाक्टरको नयाँ समूह आएको छ । अस्पतालले नयाँलाई स्वागत गर्दै पुरानो टिमलाई बिदाई गरेको छ।
अस्पतालले एक भब्य कार्यक्रमको आयोजना गरि १० औं टिमलाई बिदाई तथा ११ अौं टिमलाई अस्पतालमा स्वागत गरेको हो ।
भरतपुरमा क्यान्सर अस्पताल स्थापनादेखिनै चिन सरकारले त्यहाँबाट १७ जना बिशेषज्ञ चिकित्सकको टोली पठाएर उपचारमा सहयोग गर्दै आएको छ । उक्त टोलीले उपाचारका साथै अस्पतालका उपकरण नियमित सञ्चालनमा सहयोग गरिरहेको छ । बिगतमा हरेक २ वर्ष चिनियाँ विशेषज्ञको एक समूह अस्पतालमासेवा गर्ने गथ्र्यो । केहीवर्षदेखि भने एक वर्ष मात्रै मात्रै अस्पतालमा रहने गरेको कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले जानकारी दिए ।
अस्पतालका अनुसार अहिलेसम्म १० वटा टोलीले अस्पतालमा सेवा प्रदान गरि चीन फर्किसकेको छ । उक्त कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरकी मेयर रेणु दाहालले भरतपर क्यान्सर अस्पतालको स्थापना र विकासमा चिन सरकारले गरेको सहयोगको उच्च सम्मान गर्दै आगामी दिनमा अस्पताललाई थप ब्यवस्थित र शिक्षण अस्पतालकै रुपमा विकास गर्न पनि सहयोग रहने अपेक्षा व्यक्त गरिन्।
दक्षिण एसियाकै नमूना अस्पताल चितवनमा महानगर भित्र रहेको बताउँदै अस्पतालको वृत्ति र विकासमा आफू साथ रहेको बताइन् । उनले भनिन्, ‘अस्पताललाई गरिव बिरामीहरुको भरोसाका केन्द्र बनाउनुपर्छ । यसका लागि महानगरपालिकाका तर्फबाट चाहिने सहयोग गर्न तयार छु।’
आगामी दुई वर्षभित्र रोबटिक सर्जरी गर्ने प्रबिधिको बिस्तारमा आफू लागेको र सरकारले सहयोग गरे अस्पताललाई साँच्चै गौरव गर्न लायक अस्पताल बनाइछाड्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा चिनियाँ टोलीले अस्पताललाई प्रबिधि मैत्री बनाउँदै अत्याधुनिक उपकरण मार्फत् बिरामीलाई उच्चस्तरीय सेवा प्रदान गर्न चिन सरकार सधैं तयार रहेको र आफूहरु पनि चिन सरकारको उदेश्य सफल बनाउन नेपालमा कार्यरत रहेको बताए।