काठमाडौँ — नेपाली चिकित्सक डा. सुमनविक्रम अधिकारीले बंगलादेशको ‘प्राइम मिनिस्टर गोल्ड मेडल २०१६’ पाएका छन्। बंगलादेशको प्रधानमन्त्री कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा प्रधानमन्त्री शेख हसिनाले उक्त मेडल प्रदान गरेकी हुन्। बंगलादेशको उक्त सरकारी युनिभर्सिटीबाट डा. अधिकारीले पाँचवर्षे एमएस पेडियाट्रिक सर्जरी गरेका हुन् । समग्र सर्जरी फ्याकल्टीमै सर्वाधिक अंक प्राप्त गरेका कारण उनले पदक जितेका हुन्। बाल शल्यचिकित्सक अधिकारी नेपाल नेशनल अस्पताल कलंकीमा कार्यरत छन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।