चितवन- निःसन्तान तथा प्रसूति र स्त्रीरोगको उपचार गर्ने उद्देश्यले बुधबारदेखि भरतपुरमा चितवन फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याइएको छ।
भरतपुरको दूरसञ्चार रोडमा स्थापना भएको सेन्टरबाट निःसन्तान दम्पतीलाई परामर्श र उपचार प्रदान गरिने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा हेमनाथ सुवेदीले बताए। सेन्टर काठमाडौं फर्टिलिटी सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ।
मेडिकल सिटीको रुपमा विकास भएको चितवनमा विविध सेवा दिने उद्देश्यले सेन्टरको सुरुवात गरिएको प्रबन्ध सञ्चालक भक्ती चालिसेले बताए।
फर्टिलिटी सेन्टरमा प्रा डा जागेश्वर गौतम, स्त्री तथा तथा प्रसूति तथा नि:सन्तानपन विशेषज्ञ डा सविना श्रेष्ठ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा हेमनाथ सुवेदीले परामर्श र उपचार प्रदान गर्नेछन्।