काठमाडौं- आयुर्वेद क्याम्पस कीर्तिपुरमा भुटानको पराम्परागत चिकित्सा सेवाका विषयमा जानकारीमूलक कार्यक्रमको आयोजना भएको छ।
स्वास्थ्य मन्त्रालय भूटानको परम्परागत चिकित्सा सेवा विभागका अधिकारी देन्दुप वान्ग्यालले भूटानमा परम्परागत चिकित्साको विगत र वर्तमान अवस्थाबारे आयुर्वेद क्याम्पसका विद्यार्थीहरू तथा शिक्षकसामू प्रस्तुती दिएका छन्।
नेपाल आयुर्वेद विद्यार्थी समाजद्वारा आयोजित सो कार्यक्रममा सोहि विभागका अन्य अधिकारी छिरीङ देन्दुप तथा कर्मा ल्याद्याङको पनि उपस्थिति थियो । यसै कार्यक्रममा भारतको जयपूरबाट विद्यावारिधी उपाधि हासिल गरेका आयुर्वेद चिकित्सक डा निर्मल भूसालले आयुर्वेदको विशेष चिकित्सा सेवा पञ्चकर्मबारे समेत प्रस्तुती दिएका थिए।
वि.सं २०५३ मा स्थापित नेपाल आयुर्वेद विद्यार्थी समाजले विद्यार्थीहरूको चौतर्फी विकासको निम्ति यस्ता सेमिनार, वर्कसप लगायतका कार्यक्रमहरूको आयोजना गर्दै आएको छ।