सल्यान- नेपाल स्वयंसेवी रक्तदाता समाजले सल्यान जिल्लामा संगठन विस्तार गरेको छ। समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्मचार्यको अगुवाईमा सल्यानमा जिल्ला शाखा गठन भएको हो।
जिल्लामा भएको भेलाले टंकबहादुर परियारको अध्यक्षतामा ११ सदस्यीय सल्यान जिल्ला समिति गठन गरेको छ। जिल्ला समितिको उपाध्यक्ष केशबराज बस्नेत, सचिब गुमनसिंह घर्ती, कोषाध्यक्ष तारा कुमारी बिक र सदस्यहरूमा क्रमशः निर्मला अधिकारी, तार कुँवर, तिलक बहादुर बोहरा, चन्द्र बहादुर कवर, सर्बिरोज बिक, डम्बर नेपाली र मेघा रेउले छन्।