काठमाडौं- स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी छिन्। राज्यमन्त्रीको सपथ लगत्तै उनले रामशाहपथस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन्।
स्याङ्जाबाट प्रत्यक्षतर्फ चुनाव जितेकी अर्याललाई एमालेले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएको हो।
अर्यालले स्याङ्जा २ मा कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधि सभा निर्वाचनमा विजयी भएकी थिइन्।
प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भने संघीय समाजवादी फोरम नेपाललाई दिने तयारी गरेका छन्। मन्त्री छनोट गर्न नसक्दा फोरम आज भएको मन्त्री परिषद् विस्तारमा सहभागि हुन सकेन। सहमती अनुसार फोरमले २ मन्त्री र एक राज्यमन्त्री पाएको छ।
स्वास्थ्य मन्त्रीमा कसलाई पठाउने भन्ने विवादले फोरम सरकारमा सहभागि हुन नसकेको हो। स्वास्थ्य मन्त्रीमा राजेन्द्र श्रेष्ठ र रेणु यादवको नामलाई लिएर पार्टी भित्र ठूलो विवाद सिर्जना भएको छ।