काठमाडौं- नेपाल एनेस्थेसिओलोजिस्ट समाजको १९ औं बार्षिक सम्मेलन काठमाडौंमा सुरु भएको छ । शनिवारदेखि सुरु सम्मेलन तीन दिनसम्म चल्ने समाजले जनाएको छ।
सम्मेलनमा चीन, जापान, भारत, कोरिया, सिंगापुर, मलेसिया, यूके, अमेरिका लगायत देशका विज्ञहरु पनि सहभागि छन् । उनीहरुले आफ्नो देशको अनुभवबारे सम्मेलनमा जानकारी गराउने आयोजकले जनाएको छ।
सम्मेलनमा ३२५ जना सहभागि छन् भने विभिन्न विषयमा सय भन्दा बढी रिसर्चहरु प्रस्तुत हुनेछन्। आइतबार र सोमबार कार्यशाला गोष्ठी सञ्चालन हुनेछन। गोष्ठी काठमाडौंका विभिन्न अस्पतालमा सञ्चालन हुनेछन् । अस्पतालमा कार्यरत एनेस्थेसिओलोजिस्टहरुलाई पछिल्लो प्रविधिका बारेमा जानकारी गराउने र नयाँ जनशक्तिलाई यसबारे सिकाइने समाजका निर्देशक डा. विश्वास प्रधानले जानकारी दिए । उनले समाजले प्रत्येक बर्ष सम्मेलन गर्ने गरेको जानकारी दिए । उनले सम्मेलनमार्फत नेपालमा पनि विश्वमा एनेस्थेसियामा भइरहेका विकासबारे अपडेट हुन सघाउ पुग्ने विश्वास व्यक्त गरे।
शल्यक्रिया गर्नुअघि बिरामीलाई बेहोस बनाउने, शल्यक्रिया गर्नुपर्ने अंगलाई नदुख्ने गराउने, आइसियूमा रहेका बिरामीको हेरबिचार गर्ने काम एनेस्थेसिओलोजिस्टको हो । अप्रेसन गर्दा बेहोस भएका बिरामीलाई होसमा ल्याउने काम पनि एनेस्थेसिओलिस्टले गर्ने गर्दछन्।