रुपन्देही- प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रीमा सुदर्शन बराल नियुक्त भएका छन्।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले गिरीसँगै अरु मन्त्रीलाई पनि सपथ गराएका छन्।
बराल माओवादी केन्द्रबाट गुल्मी प्रदेश १ (क) का सांसद निर्वाचित भएका थिए। उनी प्रतिनिधिसभाको सदस्य समेत भएका थिए।
बरालले सम्हालेको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य, शिक्षा, सरसफाइ, महिला तथा युवा, खेलकुद, सामाजिक सुरक्षा, भाषा, संस्कृत र श्रम तथा रोजगारका विविध क्षेत्र पर्छन्।
स्वास्थ्यखबरपत्रिकासँग कुरा गर्दै उनले स्वास्थ्य क्षेत्रमा भएको विकराल अवस्थालाई अन्त्य गर्ने बताएका छन्। आफूले प्रदेशभित्रका जनतालाई औषधि र चिकित्सक अभाव नहुनेगरी काम गर्ने बताएका छन्।