काठमाडौं- कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर तथा कान्तिपुर स्कुल अफ डेन्टिष्ट्रीले पनि 'विश्व मुख स्वास्थ्य दिवस २०१८' मनाएका छन्।
'Say Ahh : Think Mouth, Think Health' नाराका साथ विश्वभर मनाइएको दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो। मुख तथा दन्त स्वास्थ्य सम्बन्धी जनचेतना जगाउनुका साथै दन्त स्वास्थ्यमा देखिएका विभिन्न समस्याहरुको उचित परामर्श दिने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले गरेकी हुन्।
उक्त कार्यक्रममा विभिन्न नाराका साथ प्ले कार्ड लिएर सहभागीहरुले कान्तिपुर डेन्टल कलेज बसुन्धरादेखि महाराजगञ्ज, नारायण गोपाल चोक, गोल्फुटार हुँदै कान्तिपुर डेन्टल कलेजमा रिले गरेका छन्।
७ दिनका लागि निःशुल्क दन्त परीक्षण र उपचारमा छुट गर्ने जस्ता कार्यक्रमहरु समावेश गरिएको कजेजले जनाएको छ।