ललितपुर– महालक्ष्मी नगरपालिका–१, इमाडोलले आगामी १ बैशाखदेखि वडामा प्लाष्टिकका झोला निषेध गर्ने भएको छ ।
वडा भित्र ४० माइक्रोन भन्दा कमका प्लाष्टिका झोला प्रयोग गर्न पूृर्ण निषेध गरिने वडा अध्यक्ष नन्द कुमार केसीले बताए ।
प्लाष्टिक झोला निशेध गर्ने विषयमा शनिवार आयोजना गरिएको अन्र्तक्रियामा वडाको वातावरणलाई स्वच्छ, सफा र सुन्दर राख्न यस्तो कदम चल्न लागिएको वडाध्यक्ष केसीले बताए।
स्थानीयसँग परामर्श गरेर ल्याइएको यो अभियान स्थानीयकै पहलमा सफल हुने उनको विस्वास छ । सरकारले १ बैशाख २०७२ बाट उपत्यकालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरे पनि १२ बैशाखको भूकम्प पछि यो अभियान छायाँमा परेको थियो।
अभियान अन्तर्गत २० दिनसम्म जनचेतनामुलक कार्यक्रम गर्ने, नया बर्षको पहलिो दिनबाटै (१ वैशाख) प्लाष्टिक प्रयोग भएको पाइएमा कारवाही अगाडि बढाइने वडाध्यक्ष केसीले बताए।
कार्यक्रममा सहकारीकर्मी रामहरी बजगाईंले प्लाष्टिक झोला निषेध वडा अध्यक्षको कदमलाई सहयोग गर्ने बताए । माओवादी केन्द्रका नेता शिव कट्टेलले प्लाष्टिक व्यवसायीलाई नआतिन र मापदण्ड अनुसारको झोला उत्पादन गर्न सुझाव दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले नगरपालिकाले शुरु गर्नु पर्ने काम वडास्तरबाट शुरु भएको भन्दै वडावासीको प्रशंसा गरे ।