चितवन– चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाँउपालिका भित्र संञ्चालनमा रहेका सम्पुर्ण स्वास्थ्य चौकीहरु शुक्रबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। शुक्रबारदेखि गाँउपालिकाको मातहतमा संञ्चालन हुनेगरि गाँउपालिका भित्र संञ्चालनमा रहेका ५ वटा स्वास्थ्यचौकीको सम्पुर्ण विवरण र कागजात हस्तान्तरण गरिएको हो।
दारेचोक स्वास्थ्यचौकीको सभाहलमा इच्छाकामना गाँउपालिकाका अध्यक्ष गिता कुमारी गुरुङलाई जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख विजय कुमार झाले सम्पुर्ण स्वास्थ्यचौकीको विवरण र कागजात हस्तान्तरण गरेका थिए।
इच्छाकामना गाँउपालिकामा दारेचोक स्वास्थ्यचौकी सहित चण्डिभञ्ज्याङ्ग, काउले ,दाहाखानी र पामडाडाँ स्वास्थ्यचौकी संञ्चालनमा छन्।