काठमाडौं- दुई वर्ष पुरा गरी तेस्रो बर्ष प्रवेश गरेको अवसरमा ‘हाम्रो डक्टर डटकम’ले शुक्रबारदेखि नयाँ अनलाइन स्वास्थ्य सेवा संस्करणको सुरुवात गरेको छ।
अस्पताल तथा चिकित्सकको विवरण र स्वास्थ्यसम्बन्धी जानकारी दिने उद्देश्यले मोबाइल एप्लिकेशन र वेभसाइटका रुपमा हाम्रो डक्टर सन् २०१६ मा सुरु भएको थियो । यो पोर्टलले हाल करिब २० हजार चिकित्सकको व्यक्तिगत विवरणसहित करिव ३ सय भन्दा बढी अस्पतालको विवरण उपलब्ध गराएको छ ।
समाचार, सूचना तथा सहजीकरणको साथै हाम्रो डक्टरले नेपालमै पहिलो पटक हाम्रो डक्टर डटकम र मोबाइल एप मार्फत अनलाइन स्वास्थ्य सेवा सुरु गरेको हेल्दीलाइफ फाउण्डेशनका अध्यक्ष एवं सिइओ उद्धवराज भेटुवालले जानकारी दिए।
हाम्रो डक्टरको प्रयोगबाट प्रयोगकर्ताहरुले अनलाईन खाता बनाएर चिकित्सकहरु छानेर उनीहरुसँग सःशुल्क तथा निःशुल्क परामर्श लिन सक्नेछन् । त्यस्तै, अस्पतालका सेवा बूक गर्न सकिने, आफ्ना मेडिकल रिपोर्टहरु सुरक्षण गर्न सकिने, सेवाबापत अनलाईनबाटै पैसा तिर्न सकिने लगायत विशेषताहरु मोबाइल एप र वेभसाईट हाम्रो डक्टर डटकममा थपेको गरिएको छ । वार्षिकोत्सवको अवसरमा हाम्रो डक्टरले आउँदो १५ दिन सम्म निःशुल्क चिकित्सकहरुसँग अनलाईन स्वास्थ्य सल्लाह लिन सकिने अफर समेत दिएको सिइओ भेटुवालले जानकारी दिए।