काठमाडौं– दक्षिणकाल बाट काठमाण्डौँ आउँदै गरेको बा १ ख ९९९९ नम्बरको बस दुर्घटना भई घाइते भएका १० बिरामीको उपचार सानेपास्थित स्टार हस्पिटलमा भइइरहेको छ ।
अस्पतालमा उपचार भइरहेका घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको अस्पताल सिओओ डा सन्देश जिसीले बताएका छन्। तीमध्ये दुई बिरामीको हातको जटिल शल्यक्रीया गरिएको छ । उक्त शल्यक्रीयामा बरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुमन बाबु मरहट्टा सहितको चिकित्सकीय टोली संलग्न रहेको थियो ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।