काठमाडौं- नेपाल एसोसिएसन अफ युरोलोजिकल सर्जन्समा नयाँ कार्यसमिति चयन भएको छ। आगामि २ वर्ष (सन् २०१८-२०२०) का लागि डा चन्द्रशेखर अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
कार्यसमितिको उपाध्यक्षमा डा महेश बहादुर अधिकारी, महासचिवमा डा पवनराज चालिसे र कोषाध्यक्षमा डा कृष्णकाजी भोमी चयन भएका छन्।
यसैगरी, सदस्यहरुमा डा अमितमणी उपाध्याय, डा भोजराज लुईटेल, डा दीपक कुमार ठाकुर, डा हरिबहादुर के सी र डा रिकेश जंग कार्की छन्।