विराटनगर– स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल मेडिकल कलेज शिक्षण अस्पताललाई शनिबार बेलबारीमा सम्मान गरिएको छ । कार्यक्रममा प्रदेश १ प्रमुख प्रा.डा.गोबिन्दबहादुर तुम्वाहाङले अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहाललाई सम्मानपत्र प्रदान गरेका थिए।
विराटनगरमा २०६१ सालमा स्थापना भएको नोबेल अस्पतालले विपन्न बिरामीलाई दैनिक करिब ५ लाख बराबरको निःशुल्क उपचार गर्ने गरेको छ । दैनिक करिब २ हजार बिरामीको उपचार हुँदै आएको अस्पतालमा बार्षिक १८ करोड बराबरको निःशुल्क उपचार गर्ने गरिएको अस्पताल सञ्चालक डा.सुनिल शर्माले जानकारी दिएका छन्।
नोबेलले पूर्वका विभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी विपन्न बिरामीलाई निःशुल्क उपचार गर्दै आएको छ । नोबेल मेडिकल कलेजमा एमडी, एमएस, एमबीवीएस, बीडीएस, बीएस्सी 4, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाइजिनिस्ट, डिफार्म लगायत संकायमा करिव २ हजार बिद्यार्थी अध्ययनरत छन्।