नेपाल नगरपालिका कर्मचारी एसोसिएसनको १९ औं स्थापना दिवसको अवसरमा धरान उपमहानगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सामाजिक स्वास्थ्य क्षेत्रमा कार्यरत गोपाल मणी बरालको संयोजनमा भएको शिबिरमा प्रतिष्ठानको मेडिसिन विभागका डा.विवेक कट्टेल, डा.श्याम ढोडारी, प्रदिप न्यौपाने, गाईनोका डा.तारा मानन्धर, छाला रोग विभागका डा.पुकार चापागार्इं, आँखा विभागका डा.समिक्षा र डा.आशिषसहित 4 र ल्याबको टोलिले शिबिरमा ८० जनाको जाँच गरिएको स्वास्थ्य शिविर संयोजक तथा एशोसिएसनका उपाध्यक्ष किशोर अधिकारीले बताए।
शिविरमा विरामीहरुको निःशुल्क जाँच, परार्मश तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो । त्यस्तै एशोशिएसनले भोली (आईतबार) उपमहानगरपालिका परिसरमै रक्तदान कार्यक्रमको आयोजना समेत गरिने अपाध्यक्ष अधिकारीले जानकारी दिए ।