लहान– सगरमाथा चौधरी आँखा अस्पतालको बहिरङ्ग विभागअन्तर्गत निर्माण हुने भवनको सांसद पद्मनारायण चौधरी र नेपाल नेत्र ज्योति महासंघका अध्यक्ष तीर्थप्रसाद मिश्रले शुक्रबार संयुक्त रुपमा शिलान्यास गरेका छन्।
अस्पतालले ३० वर्षदेखि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ। सांसद चौधरीले बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको र पुरानो भवनमा बिरामी नअटाउने भएकाले आधुनिक किसिमको सेवासुविधा दिन भवन बनाउन लागिएकामा खुसी व्यक्त गरे।
महासङ्घका अध्यक्ष तीर्थप्रसाद मिश्रले बिरामीका लागि सेवा विस्तार र गुणस्तर वृद्धि गर्न आग्रह गरे। रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।