महाराजगञ्ज चिकित्सा क्याम्पस नेपाल विद्यार्थी संघ एकाइले ७ दिने इन्टर टेक्निकल कलेज मिनी ओलम्पिक आयोजना गरेको छ। मिनी ओलम्पिक शुक्रबारदेखि सुरु भएको हो।
२७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मेडिकल तथा पारामेडिकल९फार्मेसी, पब्लिक हेल्थ०, 4, इन्जिनियरीङ, कृषि, आयुर्वेद, भेटेरेनरी, फरेस्ट्री र अन्य प्राविधिक विषयका विधार्थीहरुले भाग लिएका छन्।
नेवि संघका महारागंजका मेडिकल क्याम्पस एकाइका अध्यक्ष सन्तोष उपाध्यायका अनुसार प्रतियागितामा २५ फरक खेल हुनेछन् । जसमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, फुटसल, ब्याडमिन्टन, पौडी, ट्याक र फिल्ड, कन्सर्ट, ग्रुपडान्स, ब्यान्ड, रक शो, कविगोष्ठी, पेन्टिङ्ग आदी हुनेछन्।
प्रतियोगिता किर्तिपुर खेल मैदान र मुलपानी खेलमैदानमा हुने अध्यक्ष उपाध्यायले बताए । प्रतियोगिताको मुल नारा ‘द वेस्ट वे टु मेक ड्रिम कम ट्रु इज टु वैक अप’ छ।