अछाममा पहिलो पटक ग्रामिण अर्थोपेडिक कार्यशाला आयोजना भएको छ । बयालपाटा अस्पतालले नेपाल अर्थोपेडिक एसोसिएसन सँगको साझेदारीमा आज पहिलो पटक ‘ग्रामिण अर्थोपेडिक ट्रमा केयर कार्यशाला’को आयोजना गरेको हो।
कार्यशालामा काठमाडौं, प्रदेश ६ र ७ का नेपाली तथा अमेरिकाबाट आएका गरी ३५ जना अर्थोपेडिक शल्यचिकित्सिकले भाग लिएका छन्।
ग्रामिण क्षेत्रमा अर्थोपेडिक शल्यक्रिया र ट्रमालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यले कार्यशालाको आयोजना गरिएको बयालपाटा अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकले बताए। उनका अनुसार बयालपाटा अस्पतालमा प्रत्येक महिना लगभग ३ सय ५० जनाको अर्थोपेडिक सम्बन्धि बिरामीको उपचार गर्दै आइरहेको छ।