नेपाल स्वास्थ्य अर्थशास्त्र संघमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार संघको साधारण सभाले डा शिवराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
साधारण सभाले कार्यसमितको उपाध्यक्षमा डा तीर्था राणा, महासचिवमा डा विष्णुप्रसाद शर्मा, कोषाध्यक्षमा नविन प्रसाद श्रेष्ठ चयन भएका छन्।
यसैगरी, सदस्यहरुमा प्रो डा देवेन्द्र प्रसाद श्रेष्ठ, डा देवेन्द्र प्रसाद ज्ञवाली र अर्जुन कुमार थापा चयन भएका छन्।
नेपाल स्वास्थ्य अर्थशास्त्र संघ, अन्तराष्ट्रिय स्वास्थ्य अर्थशास्त्र संघसँग आबद्ध छ र एसिया प्यासिफिक स्वास्थ्य अर्थशास्त्र संजालको संस्थापक सदस्य हो।
यो संघ, स्वास्थ्य अर्थशास्त्रको ज्ञान, अनुभव तथा क्रियात्मक प्रयोग भएका सरकारी तथा निजी क्षेत्रका संघ संस्था र अर्थशास्त्रीहरूबीच समन्वय र सम्बन्ध स्थापित गर्ने र सरकारको दीर्घकालीन स्वास्थ्य योजना तथा राष्ट्रिय स्वास्थ्य नीतिको कार्यान्वयनमा सहयोग पुर्यााउने उद्देश्यले २०५५ सालमा स्थापना भएको हो।