न्यूजिल्याण्ड अष्ट्रेलिया अमेरिका स्पाइन कन्फ्रेन्स २०१८ सम्पन्न भएको छ ।
‘स्पाइनल डिफमिटि एण्ड इम्व्यालेन्स ग्लोबल ट्रेन्ड विषयक सम्मेलनमा नेपाल, न्यूजिल्याण्ड, अष्ट्रेलिया र अमेरिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले मेरुदण्ड सम्बन्धि समस्या, रोग र उपचारमा भइरहेको विश्वव्यापी अभ्यासबारे छलफल गरेका थिए ।
विशेषगरी एडल्ट डिफर्मिटी तथा बालबालिकाहरुमा देखिने ढाड सम्बन्धि समस्या जस्तै स्कोलियोसिस लगायतका समस्याहरु बारे सहभागिहरुले आ(आफ्नो अनुभव आदानप्रदान गरेका थिए ।
एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल स्पाइन हेल्थ इन्टरनेशनल तथा ग्राण्डी अन्तरारष्ट्रिय अस्पतालको संयुक्त आयोजना सम्मेलन भएको हो ।