नाफारहित अन्तराष्ट्रिय अमेरिकी संस्था पसिबलका सिइओ मार्क आरनलोडीको सोमबार बिदाइ गरिएको छ । संस्थाको सिइओ पदबाट राजिनामा दिएसँंगै उनलाई बयालपाटा अस्पतालमा आयोजित एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।
पसिवलमा कार्यरत मार्कले अछाम र दोलखामा मात्र नभई देशकै स्वास्थ्य क्षेत्रको सुधारका लागि ठूलो योग्दान पुर्याएका छन् । उनको नेतृत्वमा संस्थाको बृद्धि विकासका साथै दिगोपनामा समेत टेवा पुगेको छ भने यस क्षेत्रका नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाएका छन । संस्थाले निःशुल्क सेवा दिनमा उनको नेतृत्वमा उल्लेख प्रगति भएको बयालपाटा अस्पताल शिक्षा तथा चिकित्सा निर्देशक डाक्टर विकास गौचनले बताए ।
बिदाई मन्तव्य दिदैँ सिईओ मार्कले संस्था यहाँसम्म पुग्नुमा कार्यरत कर्मचारीको ठूलो मेहनत र लगनशिलता प्रति खुशी व्यक्त गरे । सन् २०१० मा आफू पहिलोपटक अछाम पुगेको स्मरण गर्दै मार्कले त्यो बेला थोरै मात्र कर्मचारी र सानो संस्था अहिले नेपालमै पहिलो बिद्युतीय प्रणालीको स्वास्थ्य संस्था बनाउन सफल भएको दाबी गरे। आफू संस्थासँग आबद्ध नभएपनि सहयोग सधैं रहिरहने समेत प्रतिबद्धता समेत उनले व्यक्त गरे।
सोमबार भएको बिदाई कार्यक्रममा बयालपाटा अस्पतालमा कार्यरत कर्मचारीले पनि मार्कले संस्थाको लागि पुर्याएको योग्दानको निकै प्रशंसा गरेका थिए । कार्यक्रममा शिक्षा तथा चिकित्सा निर्देशक डाक्टर विकास गौचन, लजिष्टिक विभागका अछाम प्रमुख तिलकमान बोहरा, जनसंचालन बिभागका नवराज जोशी, प्रभाव विभागका रमेश महर, सामुदायिक स्वास्थ्यका सोनु खड्काले बिदाई मन्तव्य दिदैँ मार्कले संस्थाका लागि गरेको काम र नेतृत्वको प्रशंसा गरेका थिए । मार्कले संस्थाका साथसाथै व्यक्तीगत जीवनमा पनि प्रभाव पार्ने काम गरेकोमा खुशी व्यक्त गर्दै फेरिपनि अछाम आउन आग्रह गरेका थिए ।
कार्यक्रममा काठमाण्डौँ सञ्चालन प्रमुख प्रतिष्ठा थापा लगायत सबै कर्मचारीहरुको सहभागिता थियो । पसिवलको सहयोगमा न्याय हेल्थ नेपालले अछाममा बयालपाटा अस्पताल र चरिकोटमा अस्पताल संचालन गरी निःशुल्क स्वास्थ्य सेवाका साथै संस्थाले सामुदायिक स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ । आगामी दिनबाट पसिबलमा सिइओको जिम्मेवारी संस्थाका कार्यक्रम अधिृकत डाक्टर डंकन मारुले लिने भएका छन्।