सोमबार मात्रै वीर अस्पताल सफार्इका साथै रंगरोगनका लागि सहयोग गर्न आग्रह गरेका सीताराम कट्टेललार्इ मंगलबार दुर्इ लाख १ हजार रुपैयाँ प्राप्त भएको छ। ‘लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान’ले उक्त रकम सहयोग गरेको हो। उक्त रकम प्राप्त भएको धुर्मुसले फेसबुकमै उल्लेख गरेका छन् । उनले सहयोगको अाव्हान पनि फेसबुकमै गरेका थिए।
प्रतिष्ठानले धुर्मुस सुन्तली फाउन्डेशनलाई रु. ५ लाख सहयोग गरेको छ । समाजसेवी स्व. लिलाराम न्यौपाने र कुन्तीदेवीको सम्झनामा स्थापित प्रतिष्ठानले धुर्मुस सुन्तलीका साथै शिक्षासेवी बिनोद शाही, सञ्चारकर्मी चेतन पन्त र राष्ट्रिय क्रिकेट खेलाडी वसन्त रेग्मीलार्इ सम्मान गरिएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।