कंलकीस्थित दृष्टि आँखा केन्द्रले वार्षिकोत्सवको अवसमा शाखा विस्तार गरेको छ। दृष्टि आइ केयर सिस्टम अन्तर्गत सञ्चालित केन्द्रले एक वर्ष पुरा गरेको अवसरमा टोखामा शाखा स्थापना गरेको हो।
आँखा उपचारमा नागरिकको सहज पहुँचका लागि अस्पतालले सार्वजनिक निजी साझेदारी अन्तरगत टोखा नगरपालिकासँगको साझेदारीमा दृष्टि आँखा केन्द्र टोखा शाखा खोलेको हो। उक्त शाखा टोखानगरपालिका अन्तर्गतको ३ नम्बर वडा कार्यालयसँगै रहेको छ।
यसले टोखानगरपालिका र आसपास क्षेत्रका समुदायलाई सहज सेवाप्रदान गर्ने दृष्टि आइ केयरका प्रमुख कार्यकारी निर्देशक डा.भाइराजा श्रेष्ठले जानकारी दिए। उनका अनुसार एक वर्षको अवधिमा आइ केयरले १८ हजार ५ सय जनालाई अस्पतालमा र ३ हजार १ सय जनालाई निशुल्क आँखा शिविर मार्फत सेवा प्रदान गरेको छ।
दृष्टि आइ केयरले ‘आँखा जचाऔ स्कुल जाऔं’ अभियानलाई सफल बनाउन एनव्याब्सन अन्तरगतका सम्पूर्ण विद्यालयका विद्यार्थीको आँखा परिक्षण कार्यको सुरुवात पनि गरेको छ। यसका साथै विभिन्न खेलमा आबद्घ भएर राष्ट्रिय स्तरमा पुगेका खेलाडीहरुको आँखा परिक्षण गरिनुका साथै राष्ट्रिय खेलकूद परिषद अन्तरगतका सम्पूर्ण खेलाडी र पदाधिकारीलाई समेत बिशेष सेवा प्रदान गर्नेगरी परिषदसँग सम्झौता समेत गर्न लागेको छ।