स्टार हस्पिटल, सानेपा ललितपुरले दोलखाको लामाबगरमा स्वास्थ्य शिविर आयोजना गरेको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना, विगु गाँउपालिका लामाबगर तथा बुद्ध म र नेपाल समाजसँगको सहकार्यमा सामाजिक स्वास्थ्य कार्यक्रम अन्र्तगत उक्त शिविर भएको हो । विभिन्न स्वास्थ्य समस्याबाट ग्रसितहरुलाई लक्ष्य गरी वैशाख २२ र २३ गते लामाबगर स्वास्थ्य चौकीमा २ दिने वृहत निःशुल्क स्वास्थ्य शिविर भएको हो।
स्वास्थ्य शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य सेवा प्रदान गरिएको थियो । दुई दिनसम्म सञ्चालित शिविरमा हजारौँको संख्यामा बिरामीले स्वास्थ्य जाँच गराएका थिए।
शिविरका अवसरमा हस्पिटलले निःशुल्क रुपमा सुगर जाँच गर्नुका साथै आवश्यक औषधि पनि वितरण गरेको थियो । आगामी दिनहरुमा पनि यस किसिमका स्वास्थ्य कार्यक्रमहरु देशका विभिन्न स्थानहरुमा सञ्चालन गर्दै लैजाने कुरा अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले बताएका छन्।


