महाराजगञ्ज चिकित्सा क्याम्पस नेपाल विद्यार्थी संघ एकाइले आयोजना गरेको ७ दिने इन्टर टेक्निकल कलेज मिनी ओलम्पिक अन्तर्गतको कवि गोष्ठी सम्पन्न भएको छ।
कवि गोष्ठीमा विभिन्न मेडिकल कलेजका विद्यार्थीको सहभागिता थियो। उक्त प्रतियोगितामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्जय राना मगरले उपाधि जितेका छन्। यस्तै प्रतियोगिताको फस्ट रनरअप लुम्बिनी मेडिकल कलेजकी माधुरी सापकोटा भएकी छिन्।
उनीहरुलाई ट्रफी, भित्ते घडी र पुरस्कार प्रदान गरिएको छ। शुक्रबारदेखि सुरु भएको मिनी ओलम्पिक २७ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियागितामा २५ फरक खेल हुनेछन् । जसमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, फुटसल, ब्याडमिन्टन, पौडी, ट्याक र फिल्ड, कन्सर्ट, ग्रुपडान्स, ब्यान्ड, रक शो, कविगोष्ठी, पेन्टिङ्ग आदी हुनेछन्।