हेल्थ अवेरनेस इनिसियटिभ वाई मेडिकल स्टुडेन्स (एचएआइएमएस)ले अन्तर मेडिकल कलेज फिजियोलोजी क्विजको आयोजना गरेको छ। शनिबार भएको क्विज प्रतियोगितामा विभिन्न १२ मेडिकल कलेजको २१ टिमको सहभागिता रहेको थियो।
प्रतियोगितामा नेपाली आर्मी इन्स्ट्च्यिुट अफ हेल्थ साइन्सेसले प्रथम स्थान हासिल गरेको छ। यस्तै, मनिपाल मेडिकल कलेज दोस्रो र काठमाडौं मेडिकल कलेजले तेस्रो स्थान हासिल गरेको छ।
यसअघि पनि दुई संस्कारणका क्विज भइसकेको थियो। उक्त संस्कारणका विजेताहरु अन्तराष्ट्रियस्तरमा समेत सहभागि भएका थिए।