स्टार हस्पिटल सानेपा ललितपुरले ‘स्टार जाउँ, स्टार घुमौँ र स्टारलाई बुझौं’ भन्ने नाराका साथ जेठ महिनाभर स्टार भ्रमण महिनाका रुपमा मनाउने भएको छ । भ्रमणमा आउनेहरुलाई अस्पतालले सेवाका बारेमा जानकारी गराउँदै सहुलियत दरमा होल बडी चेकअपको सुविधा दिने अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले जानकारी गराए ।
विगत एक दशकदेखि सञ्चालित अस्पतालले सुविधा सम्पन्न तथा आकर्षक भवनमा सरेको अवसरमा यस्तो निर्णय गरेको हो । हस्पिटलको सेवासुविधा, अत्याधुनिक उपकरण तथा उपचार पद्धती, बरिष्ठ दक्ष चिकित्सक, उपचारको क्रममा लाग्ने खर्चका साथै आगामी दिनहरुमा थप हुने क्रममा रहेका विभिन्न विभाग र सेवा सुविधाका सम्बन्धमा जानकारी दिने उद्देश्यका साथ उक्त कार्यक्रम बनाएको हो ।
अस्पतालले भ्रमण महिनामा अस्पतालमा पुग्नेलाई स्वास्थ्य सचेतना र उपचार सम्बन्धि जानकारी दिने अस्पतालका सिओओ डा सन्देश जिसीले बताए ।