जेनेभा –
नेपालले आँखामा लाग्ने खश्रे रोग (ट्रकोमा) उन्मुलनको प्रमाण-पत्र पाएको छ। 11 संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुसले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई उक्त प्रमाणपत्र प्रदान गरेका हुन् ।
11 संगठनको ७१औं महासभामा भाग लिन जेनेभा आएको नेपाली प्रतिनिधिमण्डल र 11 संगठनको उच्च अधिकारीहरु बीच दुर्इ पक्षीय छलफलका बीच सो प्रमाणपत्र प्रदान गरिएको हो।
प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा पुगेकफ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्याल र 11 संगठनका महानिर्देशक डा. टेड्रोस बीच विगतमा नेपालमा भएका स्वास्थ्यसँग सम्बन्धित सफल अभ्यास, उपलब्धी र योजनाहरुका विषयमा छलफल पनि भएको छ।
11 संगठनले जारी गरेको जी. पी. डब्लु. र नेपाल सरकारको समृद्धि योजना एकसाथ आएको हुँदा स्वास्थ्य क्षेत्रमा थप उपलब्धि हासिल गर्न सकिने मन्त्री अर्यालले बताइन्।
नेपाल संघीयता कार्यान्वयनको प्रकृयामा रहेकाले 11 संगठनले स्वास्थ्यको नीति र पद्दति विकासमा विशेष प्राविधिक सहायोग प्रदान गर्न र नेपाली विज्ञहरुको अर्थपूर्ण सहभागितामा 11 संगठनका नीति, योजना र कार्यक्रमहरु जारी गर्न साथै विज्ञहरुलाई जिम्मेवारी दिन समेत मन्त्री अर्यालले आग्रह गरिन्।
सो छलफलमा बोल्दै महानिर्देशकले नेपालले ट्रकोमा उन्मूलनमा प्रगति गरेको जस्तै कालाज्वरमा पनि प्रगति गरिरहेको कुरा सुन्दा आफुलाई खुशी लागेको र यसै गरी छिटै प्रमाण पत्र प्रदान गर्न पाउने कुरामा आफू विश्वस्त रहेको बताए।
सो छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री माननीय पद्मा अर्यालको नेतृत्वमा नेपालको जेनेभास्थितस्थायी नियोगका स्थायी प्रतिनिधि, दीपक धिताल, स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अन्तर्राष्ट्रिय महाशाखा प्रमुख, महेन्द्र प्रसाद श्रेष्ठ, नायब स्थायी प्रतिनिधि, तिर्थ राज वाग्ले, सहित ९ जना र 11 संगठनका महानिर्देशक डा. टेड्रोस, दक्षिण-पुर्विया एसिया प्रमुख डा. पूनम क्षेत्रपाल सिंह सहित डब्लुएचओ मुख्यालयका ७ जना प्रतिनिधिहरु सहभागिता थियो।
