गैरआवासीय नेपाली संघ (एनआरएन) को सदस्य लिएका व्यक्ति तथा तिनका परिवारले नेपाल क्यान्सर अस्पतालको उपचार सेवामा विशेष सहुलियत पाउने भएका छन् ।
अस्पतालमा सोमबार आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठ र एनआरएनकी उपाध्यक्ष सपिला राजभण्डारीबीच उपचारसहुलियत लगायतका विषयमा सहकार्य गर्दै जाने विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
अस्पतालका अध्यक्ष श्रेष्ठले एनआरएन र अस्पतालबीच सहकार्य र सम्बन्ध बढाउने नै सम्झौताको उद्देश्य भएको बताए । एनआरएन उपाध्यक्ष भण्डारीले एनआरएन र अस्पतालबीच भएको यो सम्झौताले दुवै पक्षलाई सहयोग पुग्ने विश्वास लिएको बताइन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।