उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाँ वीर अस्पतालमा भर्ना भएका छन्। पित्त थैलीमा पत्थरीको शल्यक्रियाका लागि उनी अस्पताल भर्ना भएका हुन्।
उनले शल्यक्रियाका लागि दुई महिनाअघि अस्पतालमा समय लिएका थिए। उनको शल्यक्रिया वीर अस्पतालका वरिष्ठ ग्यास्ट्रो सर्जन डा सुबोध अधिकारीले शुक्रबार गर्नेछन्।
वीर अस्पताल सबै प्रकारका उपचार र शल्यक्रियाका लागि सक्षम र भरपर्दो रहेकाले आफूले वीर अस्पताल रोजेको उनको भनाइ छ। बानियाँ स्वास्थ्य खत्ररपत्रिकाका कानुनी सल्हकार पनि हुन्।