आयुर्वेद क्याम्पस कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनले अनिश्चितकालका लागि तालाबन्दी गरेको छ।
प्राज्ञिक विशिष्टता एवं वरिष्ठताको आधारमा क्याम्पस प्रमुखको नियुक्तिको माग राख्दै तालाबन्दी गरिएको हो। १७ बुँदे मागबारे गत जेठ ४ गते भएको सहमति अनुसार हालसम्म पनि कुनै माग कार्यान्वयन नभएकाले तालाबन्दी गरेको स्ववियुका कार्यवाहक अध्यक्ष प्रशान्त बस्नेतले बताए।
त्रिविले तीन महिना अगाडि नियम विपरीत तीन महिनाका लागि नवौं वरीयताका डा शिवमंगलप्रसाद साहलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको थियो। तर, यस अवधिमा क्याम्पसको स्थिति झन् बिग्रेको र क्याम्पसको कोष र मानव संशाधनको दुरुपयोग गरेका प्रमुखले पटक-पटक राजनीतिक आस्था बदलेको समेत बस्नेतले बताए।
माग पूरा नभएसम्म आफूहरु कुनै हालतमा पछाडि नहट्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।