नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनमा नियमविपरित सरुवा गरीरहेको भन्दै विरोध जनाएको छ। संघले विज्ञप्ति जारी गर्दै नियमविपरित भएका सरुवा सच्याउन समेत आग्रह गरेको छ।
संघले स्वास्थ्य सेवा ऐन र नियमावलीले तोकेको उमेरको हदविरुद्ध हुने गरी मन्त्रालयले कर्मचारी सरुवा गरेको भन्दै आपत्ती जनाएको हो। संघले कर्मचारीको मनोवल गिर्ने गरी आस्थाका आधारमा सरुवा नगर्न पनि सरकारसँग आग्रह गरेको छ।
संघका अध्यक्ष रामजी घिमिरेद्धारा जारी विज्ञप्तीमा स्वास्थ्यका कार्यक्रमलाई संघीयता अनुरुप व्यवस्थापन गर्न नसकेको मन्त्रालयले स्वास्थ्यकर्मीको मनोबल गिराउने, अस्थाका आधारमा सरुवा गर्ने, स्थानीय तहलाई स्वास्थ्यकर्मी बिहिन बनाउने, २ बर्ष अवधी नपुग्दै सरुवा गर्ने, खारेज हुने क्रममा रहेका स्वास्थ्य संस्थामा सरुवा गर्ने लगायतका काम गरिएको उल्लेख छ ।
हेरौँ विज्ञप्ति
