सरकारले सबै सार्वजनिक स्थान र सवारी साधनमा धुमपान र मद्यपान सेवनलाई पूर्ण रुपमा रोक लगाउने भएको छ। संसदमा अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
‘सबै सार्वजनिक स्थान र सवारी साधनमा धुमपान र मद्यपान निषेध गरिनेछ,’ बजेट भाषण प्रस्तुतका क्रममा मन्त्री खतिवडाले भने, ‘मदिरा र सूर्तीजन्य पदार्थको उत्पादन, आयात तथा बिक्रि वितरणलाई कार्यविधि बनाई व्यवस्थित गरिनेछ।’
सूर्तीजन्य पदार्थको नियमन र नियन्त्रणका लागि सरकारले छुट्टै ऐन, नियमावली र निर्देशिका बनाएको छ। तर, यी नियमहरु भने अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन।