नेपाल स्वास्थ्यकर्मी संघको अधिवेशन एक सातापछि हुने भएको छ। संघको अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ।
आगामी २४ गते बिहिबार र २५ गते शुक्रबार हुने अधिवेशनको तयारीमा संघ जुटेको छ। संघको अध्यक्ष पदका लागि ओमप्रसाद उपाध्यायले दावी गरेका छन्। उनी संघका सहअध्यक्ष हुन्।
उनले अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारीमा रहेको जानकारी दिए। संघमा हाल रामजी घिमिरे अध्यक्ष छन्। घिमिरे पुन अध्यक्षमा दोहोरिन चोहका छन्। तर, घिमिरे पटक पटक विवादमा आएको र उनको नेतृत्वमा राम्रो काम हुन नसकेको भन्दै उनलाई दोहोर्याउन नुहनेमा धेरैको माग छ।
संघको महाधिवेशनका लागि प्रतिष्ठान, स्थानीय तथा जिल्ला अधिवेशन सम्पन्न भई प्रतिनिधि समेत छनौट भइसकेका छन्। अधिवेशन काठमाण्डौमा नै हुनेछ।