चिकित्सकको सिफारिस बिना प्रतिबन्धित औषधि अभिलेख नराखी बेचेको आरोपमा फार्मेसी सञ्चालक पक्राउ परेका छन्।
कलंकीस्थित ईन्द्रायणी फार्मेसी संचालन गरी बस्ने ३३ बर्षीय प्रसन्द बस्नेतलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो।
उनको फार्मेसीबाट १ सय ६५ थान स्पास्मो र २ सय थान ट्रामा नामक प्रतिबन्धित औषधि बरामद भएको प्रहरीले जनाएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।