प्रदेश नं ५ का सामाजीक मन्त्री सुदर्शन बरालले सम्पति बिबरण सार्वजानिक गरेका छन्। उनले आफ्नो र परिवारको संगोलमा भएको जग्गा सुन तथा नगद सार्वजानिक गरेका हुन्।
मन्त्री बरालको नगद २लाख ७५ हजार रुपैयाँ, एक तोला सुन, एक लाखको सेयर र १२ लाख ऋण भएको सार्वजानिक गरेका छन्।
मन्त्री बराललको नाममा एक मोटरसाईकल र २ वटा ल्याप्टप रहेको समेत बताएका छन्। ल्यापटप पनि एक किनेको र एक उपहार आएको सार्वजानिक गरेका छन्। बरालको रिडि इन्भेन्डमेन्टमा एक लाखको सेयर रहेको मैत्री सहकारी संस्था गुल्मीमा ५ लाख बिभिन्न व्यक्तिसँग ऋण लिएको उल्लेख गरेका छन्।
मन्त्री बरालले घरको पैत्रिक साूुहिक रुपमा रहेको उल्लेख गरेका छन। उनको पैत्रिक सम्पति भानुभक्त बरालको नाममा गुल्मीको चन्द्रकोटमा ५० रोपनीमा कच्ची घर भाईहरुको संगोलमा रहेको पैत्रिक सम्पत्ति र चन्द्रकोटकै वडा नं ३ मा १८ रोपनी जग्गा श्रीमती लिला थापा बरालको नाममा छ।
यसैगरी १७ लाख ५५ हजार रुपैयाँ उनकी श्रीमती थापाको बैंक खातामा नगद रहेको सार्वजानिक गरेका छन्।