स्वास्थ्य पत्रकार दीपक दाहाललाई ‘रोटरी जोर्नो अवार्ड २०१८’बाट सम्मानित गरिएको छ। नागरिक दैनिकमा कार्यरत पत्रकार दाहाललाई स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको हो। र
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा रोटरी क्लवले उनलाई सम्मान गरेको हो। नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट तथा रोटरीका डिस्ट्रिक गर्भनर सञ्जय गिरी लगायतका पदाधिकारीले नगद २५ हजार तथा कदरपत्रबाट सम्मान गरेका हुन्।
दाहाल विगत १३ वर्षदेखि स्वास्थ्य पत्रकारितामा सक्रिय छन्। उनले यसअघि 'स्वास्थ्यखबर हेल्थ अवार्ड' समेत पाएका छन्।
दाहालसँगै पत्रकार मकर श्रेष्ठ, राधा चालिसे, बिनु पोखरेल, बसुन्धरा गौतम तथा वातावरण पत्रकार समूहको कार्यक्रम आखिझ्याललाई विभिन्न विद्यामा अवार्ड प्रदान गरिएको थियो।