चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा राष्ट्रिय सतर्कता केन्द्रले छानविन थालेको छ। वीर अस्पतालका खरिद, कर्मचारी भर्ना र अन्य काममा अनियमितता भएको भन्दै सतर्कताले आजबाट छानविन थालेको हो।
सतर्कताका उपुचिव यमप्रसाद भुषालको टोली छानविनका लागि वीर अस्पतालमा पुगेका छन्। उनीहरुले अस्पतालको खरिद शाखा, सेवा आयोग र न्याम्सका आवश्यक कागजपत्र लिएर अध्ययन गर्नेछन्।
वीर अस्पतालमा भएको अनियमितता समन्धमा महालेखाको प्रतिवेदन, सार्वजनिक खरिद एकाईको पूनरावोलकन समितीको निर्णय र हालसालै भएको कर्मचारी भर्नाका विषयलाई लिएर उजुरी परेपछि सर्तकताले छानबिन थालेको हो।