नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा जोरपाटी ५ गोकर्णेश्वर नगरपालिकास्थित ऋतम्भरा स्कुलको प्राङ्गणमा बृहत रक्तदान भएको छ।
ग्रिनभ्यालि बिकास समाजद्वारा पहिलो पटक आयोजित रक्तदान कार्यक्रममा १ सय १ जनाले रक्तदान गरेका छन्।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष रामबहादुर कार्कीद्वारा प्रमुख अतिथिलाई रूद्राक्षको माला पहिराउनुका साथै पशुपतिनाथको मन्दिर प्रदानगरि सम्मान गरिएको थियो।
कार्यक्रममागोकर्णोश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल विशेष अतिथि र ऋतम्भरा स्कुल व्यवस्थापन समितिका अध्यक्ष कमलराज अधिकारी अतिथि थिए।