वीर अस्पतालको रंगरोगन तथा सरसफाइको काम सम्पन्न भएको छ। कालाकार सीताराम कट्टटेल धुर्मुसले सफाइ अभियान थालेको ४४ दिनमा काम सम्पन्न भएको बताए।
अस्पताल सफाइ अभियानको सबै काम सकिएपछि धुर्मुले अबको केही दिनमा औपचारिक रुपमा हस्तान्तरण गर्ने तयारी भएको जानकारी दिए। सफाइ अभियानको यो अवधिमा वीर अस्पतालको अनुहार पुरै फेरिएको छ। काला र मैला भित्ता तथा भुई चम्किला भएका छन्।
सुरुमा १५ दिन सफाइ गर्ने भनिए पनि अस्पताल सफाइ काम नसकिएपछि सफाइ अभियान निरन्तर चलिरहेको थियो।
बैसाख २३ गते स्वास्थ्य राज्य मन्त्री पद्मा अर्याल, कलाकार धुर्मुससहितको टोली र सरसफार्इकर्मी खेम शर्माले वीर अस्पतालको शौचालय सफा गर्दै सफाइ अभियान सुरु भएको थियो।




























भिडियो