काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अामरण अनसनमा बसेका डा गोविन्द केसीलाई साथ दिँदै उनको जीवनरक्षाका लागि सरकारलार्इ दबाब दिन काठमाडौैमा बृहत् प्रदर्शन भएको छ।
माइतीघर मण्डलामा सुरु भएको प्रदर्शन बानेश्वर पुगेको छ। डाक्टर्स, नर्स, कानुन व्यवसायी सम्मिलित १३ संघसंस्थाले समेत र्यालीमा साथ दिए। सर्वसाधारणसमेतको सहभागिता छ।