काठमाडौं– चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी २४ दिनदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीका मागमा एकीकृत राष्ट्रवादी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले ऐक्यबद्धता जनाएका छन्।
डा केसीको सामर्थनमा वसन्तपुर डबलीमा सुरु भएको सामूहिक सत्याग्रहमा पुगेर डा लोहनीले ऐक्वयबद्धता जनाएका हुन्। उनले डा केसीको पक्षमा छोटो सन्देश समेत लेखेका छन्।
यस्तो छ लोहनीले डा केसीको समर्थनमा लेखेको सन्देश
डा केसीले नेपालको स्वास्थ्य क्षेत्रमा निजीकरणको नाममा लुट र भ्रष्ट्राचार रोकिनुपर्ने, गुणस्तरीय स्वास्थ्य आम नागरिकले पाउनुपर्ने र आर्थिक र विपन्न गरिव समुदायले शिक्षाको अवसर पाउनुपर्ने जस्ता माग राखेर बस्नु भएको अनसनप्रति समर्थन गर्दछु।
यसबारे विगतमा विभिन्न समयमा वार्ताद्वारा तय गरिएको सहमतीलाई उल्ट्याउन खोज्ने वर्तमान सरकारकको प्रयास दुर्भाग्यपूर्ण भएको हो। समयमै सरकारले डा केसीसँग वार्ता गरी आफ्ना पुराना प्रतिबद्धताप्रति इमानदारी देखाओस्।
