चितवन- रोटरी इन्टरनेशनलले रत्ननगर अस्पतालाई तीन वटा डायलाइसिस मेसिन सहयोग गरेको छ। रोटरीले गरेको सहयोगसंगै अस्पतालमा डायलाइसिस मेसिनको संख्या ९ पुगेको छ।
रोटरी इन्टरनेशनको ग्लोवल ग्राण्ट परियोजना अन्तर्गत रोटरी डिष्ट्रिक २८२० जापान र रोटरी इन्टरनेशनलले करिव ३८ लाख मुल्य बरावरको मेसिन अस्पताललाई सहयोग गरेको रोटरीका असिष्टेन गर्भनर राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
रत्ननगरमा आयोजित एक विशेष कार्यक्रममा रोटरीका नेतृत्वकर्ता योगेन्द्रमान प्रधान, गोहेन्द्रराज श्रेष्ठले अस्पतालका अध्यक्ष देवन्द्रकुमार श्रेष्ठलाई मेसिन हस्तान्तरण गरेका थिए।
कार्यक्रममा मेयर नारायण वनले रत्ननगर अस्पतालले प्रदान गरेको डायलासिस सेवा नेपालमै उत्कृष्ट रहेको दाबी गरे। शान्ति मेड नेपालको सहयोग र राष्ट्रिय मृर्गौला उपचार केन्द्र काठमाडौंको सहकार्यमा रत्ननगर अस्पतालमा २०७२ साल मंसिबाट मृर्गौला उपचार केन्द्र केन्द्र सञ्चालन गरिएको अस्पतालका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंका अध्यक्ष ऋषिकुमार काफ्लेले नेपालका ३० हजार व्यक्तिको मृगौला फेल भएको बताए ।
मधुमेह र उच्च रक्तचाप भएका विरामीको मृर्गौला फेल हुने सम्भावना अधिक हुने भन्दै उनले मृर्गौला जोगाउन खानपान र रहनसहनलाई ध्यान दिनुपर्ने बताए । रत्ननगर अस्पतालमा चितवन सहित नवलपरासी, धादिङ, बुटवल, मकवानपुर, वारा, पर्सा, रौतहट लगायतका जिल्लाबाट विरामीहरु डायलासिस गराउन आउने गरेको उनले जानकारी दिए ।
रोटरी क्लव अफ रत्ननगर,रोटरी क्लव अफ भरतपुर, रोटरी क्लव अफ नारायणगढ,रोटरी क्लव अफ चितवन,रोटरी क्लव अफ नारायण मीड टाउन र रोटरी क्लव अफ गैंडाकोटको विशेष पहलमा अस्पताललाई मेसिन सहयोग गरिएको हो ।