चितवन- चितवनको भरतपुर महानगरपालिका वडा ७ मा रहेको बिपी मेमोरियल क्यान्सर अस्पतालको जग्गा माहानगरले अन्य प्रयोजनका लागि प्रयोग गर्न थालेको भन्दै नेपाली कांग्रेस चितवनले विरोध जनाएको छ।
कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले विज्ञप्ती जारी गर्दै क्यान्सर एकेडेमीको रुपमा विकास दिर्घकालिन योजना रहेकोमा सोही जग्गामा सभागृह निर्माण गर्न महानगरले प्रक्रिया थालेकोमा तत्कालै यो कार्य रोक्न माग गरिएको छ।
क्यान्सर अस्पताललाई नै जग्गा अपुग भएको अवस्थामा माहानगरले अन्य ठाउँमा नै विकल्प खोज्न अनुरोध समेत कांग्रेस चितवनले गरेको छ।

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।