कैलाली– धनगढी बुद्ध मन्दिरस्थित आँखा उपचार केन्द्रले मोतिविन्दु लगायतका अाँखाको शल्यक्रिया सेवा सञ्चालन गरेको छ।
नेपाल नेत्रज्योति संघ, गेटा अाँखा अस्पताल अन्तरगत संचालित केन्द्र नेत्र बिशेषज्ञद्वारा आइतबारदेखि प्रत्येक महिनाको दोस्रो आइतबार मोतिविन्दु लगायतका अाँखाका बिरामीहरुको शल्यक्रिया सेवा सञ्चालन गरिने जनाएको छ।
आइतबारका दिन संचालित पहिलो शल्यक्रिया कार्यक्रममा गेटा आँखा अस्पतालका निर्देशक एवं नेत्र बिशेषज्ञ डा. सुरेश राज पन्तद्वारा जम्मा १३ जना मोतिविन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको गेटा आ“खा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए।
उनले अाँखा उपचार केन्द्र धनगढी गेटा आँखा अस्पतालको चौथो सर्जिकल सेन्टरको रुपमा बिकसित भएको बताए।
हालसम्म गेटा आँखा अस्पतालले यस अन्तरगतका आँखा अस्पताल महेन्द्रनगरमा प्रत्येक शुक्रवार, टीकापुरमा प्रत्येक महिनामा दुई पटक र डडेल्धुरामा प्रत्येक दुई महिनामा एक पटक आँखाको शल्यक्रिया सेवा प्रदान गर्दै आइरहेको छ।
यस प्रदेशको सबै क्षेत्रमा आ“खा उपचार सेवाको पहूच बढाउन गेटा आँखा अस्पतालले यस प्रदेशका ९ वटै जिल्लाहरुमा १२ वटा शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको र १३ औं शाखाको रुपमा कैलालीको भजनीमा समेत भजनी नगरपालिका सितको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गर्ने पहल भई रहेको बाह्य कार्यक्रम व्यवस्थापक भट्टले बताए।