काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि मधेशी डक्टर्स एशोसिएसन कुनै विशेष उम्मेदवारको पक्षमा नरहेको स्पष्ट पारिएको छ। सोही संघमा आवद्ध केही व्यक्तिले डा सीताराम चौधरीका पक्षमा लागिरहेका बेला संस्थागत समर्थन नरहेको संघले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो।
संघका प्रवक्ता डा विनय पञ्जियारले हस्ताक्षर गरेको विज्ञप्तिमा कुनै व्यक्ति विशेषलार्इ संघको समर्थन रहेको भनेर गरिएको प्रचारको खण्डन गर्दै भनिएको छ, 'हाम्रो सङ्गठनले कुनै पनि व्यक्तिका लागि लबिइङ गरेको छैन ।'
साथै संघले स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले समावेशीकरणको सिद्धान्तलार्इ आत्मसाथ गरेर गरेको हरेक निर्णय मान्य हुने बताएको छ । उपकुलपति छान्दा डा गोविन्द केसीसँग सरकारले गरेको सहमति अनुसार न्युनतम योग्यतालाइ मध्यनजर गर्न माग गरिएको छ।