काठमाडौँ– ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि एकल तथा संयुक्तगरी २२ वटा संशोधन दर्ता भएको छ ।
प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको सो विधेयकमाथि आज २ : ०० बजेसम्म सांसदलाई संशोधनको समयसीमा रहेको थियो ।
प्रतिनिधिसभा, विधेयक शाखाका अनुसार पहिलो संशोधन सांसद अनिलकुमार झाले दर्ता गराए । यसैगरी संशोधन दर्ता गराउनेमा गंगा चौधरी, लक्ष्मी चौधरी र आशाकुमारी विक छन्। उनीहरु तीन जनाले संयुक्त रुपमा संशोधन दर्ता गराएका छन्।
यसैगरी भरतकुमार शाह, सञ्जयकुमार गौतम, दिलेन्द्रप्रसाद बडू र गगनकुमार थापाले पनि संशोधन दर्ता गराएका छन्। शाखाका अनुसार सांसद देवप्रसाद गुरुङ, शान्ता चौधरी, कृष्णभक्त पोखरेल, तिलबहादुर महत क्षेत्री, विमला विक र पुष्पकुमारी कर्ण कायस्थले पनि संशोधन दर्ता गराएका छन्।
यसैगरी खगराज अधिकारी, रेखा शर्मा, दूर्गा पौडेल, सुजिता शाक्य, रेखा झा, विमला विक, निरा जैरु, लक्ष्मणलाल कर्ण प्रेम सुवाल, रामबहादुर विष्ट, अञ्जना विशंखे, अमृता थापा, पार्वतीकुमारी विशंखे, प्राडा पुष्पाकुमारी कर्ण कायस्थ, राजेन्द्रकुमार केसी छन्।
संशोधन दर्ता गराउनेमा सोमप्रसाद पाण्डेय, कल्याणी खड्का, झपटबहादुर रावल, मोहन बाँनिया, लालबहादुर थापा, लिलानाथ श्रेष्ठ, कृष्णप्रसाद दाहाल, विन्दा पाण्डे, पवित्रा निरौला खरेल, मनकुमारी जिसी, मैनाकुमारी भण्डारी, शान्तिमाया पाख्रिन, पार्वतीकुमारी विशंखे, गोमा देवकोटा, विमला विश्वकर्मा, राधाकुमारी ज्ञवाली तुल्सी थापा, विनाकुमारी श्रेष्ठ, यशोदा गुरुङ सुवेदी र पूर्णकुमारी सुवेदी छन्। रासस