काठमाडौं- नेपाल मेडिसिटी अस्पताल र भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालबीच विशेष सहमति भएको छ।
नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले आइतबार सम्झौतामा हस्ताक्षर गरेका हुन्।
स्वास्थ्य क्षेत्रमा स्वास्थ्य संस्थाको बलियो समन्वय स्थापना गर्ने उद्धेश्यले क्षमता अभिवृद्धि सहित सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने जस्ता कार्यमा जोड दिन सहमति गरिएको हो ।
अस्पताल र अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस सम्झौतालाई अगाडि सारिएको मेडिसिटीका महाप्रबन्धक रिमालले बताए।
नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले प्रविधि, पुर्वाधार र चिकित्सकिय दृष्टिकोणमा अग्रणी भूमिका खेलीरहेको मेडिसिटीसंग सहकार्यले उपचारको दायरालाई थप फराकिलो बनाइदिएको बताए।
यो सम्झौता अनुसार सम्भव भएका उपचार नागरिक अस्पतालमै गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसंग सहकार्य हुने छ।