काठमाडौं- साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधिको पार्थीव शरीर त्रिवि शिक्षण अस्पताललाई बुझाइएको छ। मिर्गौलाको समस्याका कारण २३ वर्षे लामो डायलाइसिस जीवन बिताएका दाहालको शुक्रबार ब्रेन ह्यामरेजको कारण निधन भएको हो।
दाहालको पार्थिव शरीर उनकै इच्छाअनुसार महाराजगञ्जको शिक्षण अस्पताललाई बुझाइएको हो। उनको शरीर अस्पतालको एनाटोमी विभागलाई हस्तान्तरण गरिएको छ। दाहाल पत्नी सुधा र आमा कृष्ण कुमारीले उनको पार्थिव शरीर हस्तान्तरण गरेका हुन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।